×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

म्यानमारसँग नेपाल पराजित

म्यानमारसँग नेपाल पराजित

काठमाडौं- मैत्रीपूर्ण फुटबल खेलमा म्यानमारसँग नेपाल पराजित भएको छ । सोमबार म्यानमारको थुवुन्ना रंगशालामा भएको दोस्रो मैत्रीपुर्ण खेलमा नेपाल १-० गोल अन्तरले पराजित भएको हो ।  

बराबरीतर्फ उन्मुख खेलको अन्तिम समयमा म्यानमारका विन लिन्गले गोल गर्दै घरेलु टोलीलाई जित दिलाए । नेपालको आक्रमण विफल भएपछि काउन्टरमा म्यानमारले नेपालविरुद्ध गोल गर्न सफल भएको थियो ।

नेपाली खेलाडी तथा अफिसियलले म्यानमारको गोलको प्रतिवाद गरेका थिए । उनीहरुले रेफ्री समय अफसाइडको अपिल गरेका थिए ।

विश्वकप छनोटको तयारीमा रहेको नेपाल तयारीका लागि म्यानमारमा छ । नेपालले म्यानमारको राष्ट्रिय फुटबल टिमसँग दुई मैत्रीपुर्ण फुटबल खेलेको छ ।

दुवै देशले फिफा डेट अनुसार मैत्रीपूर्ण फुटबल खेलेका हुन् । नेपाल विश्वकप छनोटको तयारी स्वरुप मैत्रीपूर्ण खेलका लागि म्यानमार गएको हो ।

फिफा मान्यता प्राप्त मैत्रीपूर्ण खेललाई नेपालले सन् २०२६ को विश्वकपको छनोट तयारीको रुपमा लिएको छ ।

प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले अधिकांश युवा खेलाडी र केही सिनियर खेलाडीलाई समावेश गर्दै राष्ट्रिय टिमलाई तयार गरेका छन् ।

प्रतिकृया दिनुहोस्