×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

ज्ञानेन्द्र शाहीले मन्त्रीको राजीनामा माग्दा जब माओवादी सांसदले मागे उनकै राजीनामा मागे…

ज्ञानेन्द्र शाहीले मन्त्रीको राजीनामा माग्दा जब माओवादी सांसदले मागे उनकै राजीनामा मागे…

काठमाडौं- भौतिक पूर्वाधार मन्त्री र स्वास्थ्यमन्त्रीको राजीनामा माग्दै विपक्षी दलहरूले शुक्रबार प्रतिनिधि सभाको बैठक अवरोध गर्ने क्रममा राप्रपाका सांसदहरू अलमलमा परेका छन् ।

विपक्षी सांसदहरूले संसद् अवरोध गर्दा राप्रपाका आधा सांसदहरू उठ्दा आधा भने बसिरहे ।

राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले विवादित मन्त्रीको सम्बन्धमा सरकारको जवाफ मागेका थिए । प्रधानमन्त्री प्रचण्डको जवाफ नआएसम्म सदन चल्न नदिने उनको चेतावनी थियो । लगत्तै, माओवादी केन्द्रका सांसद माधव सापकोटाले सांसद शाहीको भनाइको प्रतिवाद गर्दै उनकै राजीनामा मागे ।

आफूलाई राजीनामै दिन भनेपछि आक्रोशित भएका शाहीले निरन्तर बोल्न सभामुखसँग समय मागे । तर, सभामुखले दिएनन् ।

सभामुखले बैठकलाई कार्यसूचीमा प्रवेश गराउन खोजेपछि एमालेले पनि विवादित मन्त्रीहरूको सम्बन्धमा सरकारको जवाफ नआएसम्म सदन चल्न नसक्ने भन्दै उठेर अवरोध गर्‍यो ।

तर, राप्रपाका सांसदहरू आधा मात्रै उठे आधा भने बसिरहे । राप्रपाका सांसदहरू शाही, धवल शम्शेर जबरा, विना जैसवाल, रोशन कार्की उठिरहेका थिए । राप्रपाका सांसद दीपक सिंह, ध्रुव बहादुर प्रधान लगायत भने बसिरहेका थिए ।

विपक्षी दलहरूको अवरोधका कारण प्रतिनिधि सभाको बैठक केही समयको लागि स्थगित भयो । माघ ६ गते प्रतिनिधि सभाको बैठकमै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालकुमारीमा दुई युवकको मृत्यु भएको घटनालाई हत्या भनेका थिए । हत्या भए कारबाही किन नगरेको भनी सांसद शाहीले प्रश्न उठाएका थिए ।

प्रतिकृया दिनुहोस्