×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

एनपीएलको हिसाब-किताब सार्वजनिक: क्यानलाई २.४६ करोड, फ्रेन्चाइजलाई ४.३७ करोड

एनपीएलको हिसाब-किताब सार्वजनिक: क्यानलाई २.४६ करोड, फ्रेन्चाइजलाई ४.३७ करोड

काठमाडौ - नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणबाट झण्डै साढे २ करोड रुपैयाँ नाफा गरेको छ।

क्यानले बिहीबार बोर्ड बैठकपछि प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरेको विवरणअनुसार एनपीएलको कुल आम्दानी २७ करोड ६९ लाख रुपैयाँ रहेको छ भने कुल खर्च २० करोड १५ लाख रुपैयाँ भएको छ।

आम्दानी र खर्चको अन्तर ७ करोड ५३ लाख रुपैयाँ रहेकोमा त्यसको ५० प्रतिशत अर्थात् ४ करोड ३७ लाख रुपैयाँ आठ फ्रेन्चाइज टिमलाई वितरण गरिएको छ।

शेयरिङपछि बाँकी ३ करोड १६ लाख रुपैयाँमध्ये ७० लाख प्रदेश क्रिकेट संघलाई दिइएपछि क्यानको आम्दानी २ करोड ४६ लाख ५० हजार ७८९ रुपैयाँ रहेको छ।


नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणको आय-व्यय विवरणबारे गभर्निङ काउन्सिलले पेस गरेको प्रतिवेदनलाई अध्ययन र छलफल गरेर क्यानको केन्द्रीय कार्यसमितिले अनुमोदन गर्ने निर्णय भएको छ।

क्यानका अनुसार आगामी संस्करणहरूका लागि अझ प्रभावकारी व्यवस्थापन गर्न यो विवरण महत्वपूर्ण आधार बन्नेछ।

क्यान बोर्ड बैठकमा एक दर्जन एजेन्डाको सूचि भएपनि दिनभरको बैठकपछि राति एनपीएलको विषयमा मात्र क्यानले प्रेस विज्ञप्ति जारी गरेको हो ।

प्रतिकृया दिनुहोस्