×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

९५ प्रतिशत जनतामा विद्युतकाे पहुँच पुग्याे : कुलमान घिसिङ

९५ प्रतिशत जनतामा विद्युतकाे पहुँच पुग्याे : कुलमान घिसिङ

काठमाडाैँ- नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफू प्राधिकरणको नेतृत्वमा आइपछि ९५ प्रतिशत जनतामा विद्युतको पहुँच पुगेको बताएका छन् । 

सोमबार काठमाडौँको बौद्धमा आयोजित पाँच दिने सिद्धि मन्त्र जप साधना कार्यक्रममा घिसिङले यसअघि ६० प्रतिशतमा रहेको विद्युतको पहुँच ९५ प्रतिशतमा पुर्याइएको बताएका हुन् ।

उनले कर्णालीको बिकट ठाँउहरूमा अझै पनि विद्युतको पहुँच पुग्न नसकेको भन्दै छिटै सबै स्थानमा विद्युत पुर्याइने जानकारी दिए ।

दूरदराजमा रहेका जनतालाई विद्युत पुराउनुपर्छ भन्ने लक्ष्यका साथ प्राधिकरण अघि बढेको उनकाे भनाई छ । घिसिङले डोल्पा, मुगु, हुम्लामा विद्युतको पहुँच अझैपनि सहज नरहेको अवस्थामाा सबै स्थानमा केन्द्रीय प्रशारणको विद्युत पुराउने बताए । उनले बिकट गुम्वामा पनि विद्युतको पहुँच पुराउन प्रतिबद्ध रहेको धारणा राखे ।

पाँच दिने सिद्धि मन्त्र जप साधना कार्यक्रम अन्तर्गत चैत्र २ गतेसम्म दश अर्ब पटक सिद्धि जप वा अभ्यास तथा डोल्पो बुद्धबाट दीर्घायु सशक्तिकरण र एक लाख त्सोक पूजा चैत्र ३ गते हुने भएको बताइएको छ । डोल्पो बुद्ध गुरु रानाक टुल्कु रिन्चेन रिम्पोचे पाँचौ औतारी लामाका अनुसार नेपाल लगाएत विश्वभरको महमारी रोग र अनिकालको विषम परिस्थिति सबै निर्मूल भई सबै ठाँउमा मंगल हुनको निम्ति लाखौँ गुणा महिना अथवा ऋसद्ध प्रतिहार्य महिनाभित्र सिद्धि मन्त्र जप साधना आयोजना गरिएको हो ।

हरेक वर्ष यस पूजाको समयमा १० अर्बपटक सिद्धि जप तथा अध्यास, १ लाख पटक तारा जप तथा अभ्यास, १० हजार पटक महाकाला र १ लाख पटक छोग अर्पण पूजा हुने गर्दछ ।

प्रतिकृया दिनुहोस्