×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

जिप दुर्घटना अपडेट : नवविवाहित जोडी सहित ४ जनाको मृत्यु

जिप दुर्घटना अपडेट  : नवविवाहित जोडी सहित ४ जनाको मृत्यु

बैतडी - बैतडीको पाटन नपा १ सकारमा सोमबार साँझ जिप दुर्घटनामा परि एक नवविवाहित जोडी सहित चार जनाको मृत्यु भएको छ । जिल्लाको पाटन बजारबाट पाटन नगरपालिका ७ कैलपाल जाँदै गरेको से १ ज ८८८ नम्बरको जिप सकार खोलामा दुर्घटनामा परेको हो । 

दुर्घटनामा परेर पाटन ७ कैलपाल माइत भएकी २० बर्षीया मनिषा विक र उनका श्रीमान २४ बर्षीय प्रेम चुनारा, पाटन नगरपालिका १ सकारका १३ बर्षीय विनोद भट्टराई र सोही ठाउँकी ७२ बर्षीया रमा भट्टराईको मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले बताए । चुनाराको ठेगाना भने खुल्न नसकेको उनले बताए । 

उनीहरु चारै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्याउँदा चारै जनालाई चिकित्सकले मृत घोषणा गरेका हुन् । 

मनिषा र प्रेम १० दिन अघि मात्रै विवाह बन्धनमा बाँधिएका बुझिन आएको छ । उनीहरु घरबाट माइती फर्कदै गरेको प्रहरीले जनाएको छ । 

दुर्घटनामा परेर अन्य ६ जना घाइते भएका छन् । उनीहरु सबैलाई उपचारका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्याइएको प्रहरी निरीक्षक शाहीले बताए ।

चालक भने फरार रहेका छन् । कच्ची बाटोमा जिप चिप्लिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस्