×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सहकर्मीमाथी यौन दुर्व्यवहारको आरोपमा एसएसपी पाल निलम्बित

सहकर्मीमाथी यौन दुर्व्यवहारको आरोपमा एसएसपी पाल निलम्बित

काठमाडौं- नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) योगबहादुर पाल यौन दुर्व्यवहारको आरोपमा निलम्बनमा परेका छन् । आफ्नै कार्यालयमा कार्यरत महिला प्रहरीमाथि यौन दुर्व्यवहारको आरोपमा उनलाई ६ महिना निलम्बन गरिएको बताइएको छ ।

प्रहरी प्रधान कार्यालयको सिफारिसमा आज गृहमन्त्रालयले उनलाई निलम्बन गरेको हो । प्रहरी प्रधान कार्यालयले बिहीबार पाललाई निलम्बनका लागि मन्त्रालयमा पत्र पठाएको थियो ।
नेपाल प्रहरी प्रदेश कार्यालय कञ्चनपुरको प्रमुखको रूपमा कार्यरत रहँदा उनले जेठ १९ गते महिला प्रहरीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । 

महिला प्रहरीको उजुरीका आधारमा छानबिन गर्दा एसएसपी पालको गल्ती देखिएसँगै गृह मन्त्रालयले निलम्बन गरेको हो ।

प्रतिकृया दिनुहोस्