×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

गृहमन्त्री पाएको रास्वपालाई शिक्षा र श्रम मन्त्रालयसहित उपसभामुख

गृहमन्त्री पाएको रास्वपालाई शिक्षा र श्रम मन्त्रालयसहित उपसभामुख

काठमाडौँ- सत्ता गठबन्धनको बैठकले मन्त्रालयसहित सबै पदको भागबन्डा टुंग्याएको छ । गठबन्धनको बालुवाटारमा करिब पाँच घण्टा बसेको बैठकले दलहरुले पाउने भागबन्डा टुंग्याएको हो । मन्त्री संख्या र मन्त्रायलसहित राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख क कसले पाउने टुंगिएको छ ।

गृहमन्त्री पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई शिक्षा र श्रम मन्त्रालयसहित उपसभामुख दिने सहमति छ । पार्टी सभापति रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री बनिसकेका छन् ।

  • कुन दलले के पाउनेछन् ?

एमाले – राष्ट्रपति (पाँचै वर्ष)
माओवादी – उपराष्ट्रपति (पाँचै वर्ष)

एमाले र माओवादी आलोपालो – प्रधानमन्त्री र सभामुख

माओवादी केन्द्र – प्रचण्ड प्रधानमन्त्री
एमाले – सभामुख

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) – उपसभामुख

  • मन्त्रालयहरुको भागवण्डा

एमाले –  अर्थ, परराष्ट्र, रक्षा, भूमि सुधार, कृषि, स्वास्थ्य र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय

माओवादी – भौतिक पूर्वाधार, सञ्चार, पर्यटन र संघीय मामिला तथा सामान्य प्रशासन

रास्वपा – गृह, शिक्षा र श्रम

राप्रपा – उर्जा, खानेपानी र युवा तथा खेलकुद

जनमत – उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय

जसपालाई शहरी विकाससहित दुई मन्त्रालय छुट्याइएको छ । तर उपराष्ट्रपति नपाएका कारण जसपा सरकारमा आउने सम्भावना कम छ ।

प्रतिकृया दिनुहोस्