हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठको स्वास्थ्यमा पुन: समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् । केही दिनअगाडि मात्रै कोरोनालाई जितेका श्रेष्ठ पुन: अस्पताल भर्ना भएका हुन् । मुटुमा समस्या देखिएपछि श्रेष्ठलाई शुक्रबार राति गंगलाल अस्पताल भर्ना गरिएको छोरा यमन श्रेष्ठले जानकारी दिए ।
यमनका अनुसार उनको मुटुको एन्जियोप्लास्टी गरिएको छ । झन्डै डेढ वर्ष अगाडि पनि मुटुमा समस्या देखिएपछि उनको मुटुमा स्टिल राखिएको थियो । अहिले उनको मुटुमा दुई वटा स्टिल थपिएको यमनले जानकारी दिए ।
उक्त उपचारपछि मदनकृष्णलाई आईसीयूमा राखिएको थियो। उनलाई सोमबार डिलक्स रूममा सारिएको छ । उनको स्वास्थ्यवस्था सुधारोन्मुख रहेको बताइएको छ ।