स्याङजा- स्याङ्जा निर्वाचन क्षेत्र नं. २ (१) बाट नेपाली कांग्रेसका भोजराज अर्याल प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् । अर्यालले निकटम प्रतिस्पर्धी नेकपा एमालेका मोहन प्रसाद रेग्मीलाई २ हजार ७३० मतान्तरले पछि पार्दै निर्वाचित भएका हुन् ।
अर्यालले १५ हजार १६१ मत ल्याए भने रेग्मीले १२ हजार ४३१ मत ल्याएका छन् । बुथ कब्जा भएको आरोप प्रत्यारोपको विवादका कारण मतदान भएको १० दिन पछि यो क्षेत्रका मतगणना भएको हो ।