मार्टिन लुथर किंग दिवस
सन् १९८२ अमेरिका तत्कालिन राष्ट्रपति रोनाल्ड रेगनले नागरिक अधिकार आन्दोलनका अभियन्ता मार्टिन लुथर किंगको सम्झनामा अमेरिकी सदमा विशेष दिन घोषणा गर्न एउटा प्रस्ताव गरेका थिए । जसअनुसार अमेरिकामा हरेक बर्षको जनवरीको तेस्रो सोमवार मार्टिन लुथर किंग दिवस मनाइन्छ ।
साउदीमा कू
सन् १९६४ मा फैसल बिन अब्दुल अजिजले आफ्नै भाईलाई अपदस्थ गरेका थिए । आफ्ना सौताने भाई किङ साउद विदेश उपचार जाँदा अब्दुलले सत्ता हातमा लिएका थिए ।
सीबीसीको स्थापना
सन् १९३८ मा क्यानडाको सरकारी प्रसारण माध्यम क्यानेडियन ब्रोडकास्टिङ कर्पोरेसन स्थापना भएको थियो । सीबीसी क्यानडाको सरकारी रेडियो तथा टेलिभिजन प्रसारण माध्यम हो ।
इथोपियाको पहिलो शासक
सन् १९३० मा हेली सिलेसी इथोपियाका पहिलो शासक बनेका थिए । त्यहाँको राष्ट्रफरी आन्दोलनका नेता सिलेसीले इथोपियामा ४४ वर्ष शासन गरेका थिए ।
अमेरिकाको ३९ औं राष्ट्रपति कार्टर
सन् १९७६ मा जिम्मी कार्टर अमेरिकाको ३९औं राष्ट्रपतिमा निर्वाचित भएका थिए । कार्टरले झिनो मत अन्तरले रिपब्लिकन नेता जिराल्ड आर फोर्डलाई पराजित गरेका थिए । कार्टरले सन् २००२ मा नोबेल शान्ति पुरस्कार प्राप्त गरेका थिए ।