×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कैलालीका दुई ठाउँमा शंकास्पद वस्तु फेला, सेनाको टोली पुग्दै

कैलालीका दुई ठाउँमा शंकास्पद वस्तु फेला, सेनाको टोली पुग्दै

काठमाडाैँ- कैलालीका दुई ठाउँमा शंकास्पद वस्तु फेला परेका छन् । गोदावरी नगरपालिका-१ अत्तरियास्थित मोहनापुल अत्तरिया ६ लेन सडकखण्ड र पूर्वपश्चिम राजमार्ग अन्तरगत हरैया शिविर नजिकै शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी वेदप्रकाश जोशीले अत्तरियामा कपडामा बेरेको अवस्थामा र हरैयामा प्रेसर कुकर बम जस्तो देखिने शंकास्पद वस्तु भेटिएको जानकारी दिए ।

मंगलबार नेपाल बन्द आह्वान गरेको नेकपा विप्लवले ती शंकास्पद वस्तु राखेको हुनसक्ने बताउँदै डीएसपी जोशीले बम भएको आशंकामा डिस्पोज गर्न नेपाली सेनाको टोली बोलाइएको जनाए । त्यहाँ विप्लव नेतृत्वको नेकपाको झण्डा समेत भेटिएको छ ।

प्रतिकृया दिनुहोस्