×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

मौसमी प्रतिकूलताका कारण उडान प्रभावित

मौसमी प्रतिकूलताका कारण उडान प्रभावित

काठमाडौँ- मौसमी प्रतिकूलताका कारण विभिन्न विमानस्थलको उडान प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयकाअनुसार वर्षाको कारण केही स्थानको उडान अवरुद्ध भएको हो ।

विराटनगर, भैरहवा, सुर्खेत, पोखरा, धनगढी, तुम्लिङटार विमानस्थलका उडान प्रभावित भएका छन् । काठमाडौँ विमानस्थलमा उपकरणमा आधारित प्रणालीबाट मात्र हवाई उडान भएको हो । अन्य विमानस्थलमा भने उडान भइरहेको छ । यस्तै विकट गन्तव्यका उडान पनि प्रभावित भएको छ ।

प्रतिकृया दिनुहोस्