काठमाडौं- पिपुल्स पावर लिमिटेडले बुधबारदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आफ्नो जारी पुँजी ६३ करोड २६ लाख रुपैयाँको १० प्रतिशतले हुन आउने प्रतिकित्ता १०० अंकित मूल्यका ६ लाख ३२ हजार ६०० कित्ता सेयर निष्काशन गरेको छ ।
इलाम जिल्ला इलाम नगरपालिका–१ र ४ अति प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि एक लाख ८९ हजार ७८० कित्ता र वडा नं. १ र ४ बाहेकको इलाम जिल्लाका बासिन्दाहरूका लागि ४ लाख ४२ हजार ८२० कित्ता सेयर बाँडफाँट गरिनेछ ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई २७ जेठमा सेयर निष्काशनको लागि अनुमति प्रदान गरेको हो । बोर्डले कम्पनीलाई आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरि ३१ करोड बराबरको ३१ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति प्रदान गरेको हो ।