×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

पुलिसलाई हराउँदै आर्मी च्याम्पियन

पुलिसलाई हराउँदै आर्मी च्याम्पियन

काठमाडौँ, -  इन्डो–नेपाल रनिङ शिल्ड भलिबल च्याम्पियनसिपको उपाधि टोली त्रिभुवन आर्मी क्लबले जितेको छ ।
   बुटवलको रामनगर खेल मैदानमा बिहीबार भएको फाइनल खेलमा आर्मीले नेपाल पुलिस क्लबलाई ३–२ को सेटमा हरायो । विभागीय डर्बीमा आर्मीले १८–२५, २५–१८, २०–२५, २५–२२, १५–७ को नजिता निकालेको हो । 
  उपाधिसँगै आर्मीले सात लाख र उपविजेता बनेको पुलिसले तीन लाख ५० हजार रुपियाँ पुरस्कार पायो । मदन भण्डारी स्पोर्टस् एकेडेमीको १६औं स्थापना दिवसको अवसरमा आयोजित च्याम्पियनसिपमा तेस्रो भएको मणिमुकुन्द भलिबल क्लबले एक लाख ७५ हजार रुपियाँ पायो । 
  यस्तै चौथो भएको भारतको गुजरात स्टेट भलिबल एसोसिएसनले एक लाख रुपियाँ पुरस्कार पायो । पुस १७ गतेदेखि सुरु भएको प्रतियोगितामा नेपाल र भारतका गरी आठ टोलीको सहभागिता थियो । 

प्रतिकृया दिनुहोस्