×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

लिभरपुल म्यानचेस्टर सिटीभन्दा एक अंकले पछाडि

लिभरपुल म्यानचेस्टर सिटीभन्दा एक अंकले पछाडि

काठमाडौँ- लिभरपुलले इंग्लिस प्रिमियर लिगमा बुधबार आर्सनललाई २-० ले हराएर शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीसँगको दूरी एक अंकमा छोट्याएको छ । 

लण्डनमा लिभरपुललाई जिताउन दोस्रो हाफमा डिअगो जोटा र रोबर्टो फर्मिनोले एक-एक गोल गरे । जितसँगै लिभरपुलको २९ खेलबाट ६९ अंक छ । शीर्ष स्थानको सिटीको समान खेलबाट ७० अंक छ । हारसँगै तेस्रो स्थानमा उक्लिने मौकाबाट चुकेको आर्सनल ५१ अंकसहित चौथो स्थानमा छ ।

गएराति नै भएको अर्को खेलमा टोटनहमले ब्राइटनलाई २० अन्तरले पराजित गर्‍यो । टोटनहमको जितमा क्रिष्टियन रोमेरो र ह्यारी केनले समान एक-एक गोल गरे । जितसँगै टोटनहम ४८ अंक सहित सातौँ स्थानमा छ । ३३ अंक सहित ब्राइटन १३ औँ स्थानमा छ ।

प्रतिकृया दिनुहोस्