×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

मनोरञ्जन

२७१४ संक्रमित, मृतक र संक्रमणमुक्तको संख्या कति ?

२७१४ संक्रमित, मृतक र संक्रमणमुक्तको संख्या कति ?

नेपालमा विहीबार थप २ हजार ७ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ९ हजार १ सय २२ पिसिआर परिक्षणका क्रममा १ हजार८ सय ५५ र ३ हजार ७ सय ७ एन्टीजेन परिक्षणका क्रममा ८५९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख २७ हजार १६९ पुगेको छ । त्यस्तै थप २४ जनाको कोरोनाका कारण मृत्यु भएको छ । हालसम्म नेपालमा ९ हजार ६ सय ६१ संक्रमितको कोरोनाका कारण मृत्यु भएको छ ।

त्यस्तै थप १ हजार २ सय ८८ संक्रमित निको हुँदा हालसम्म नेपालमा ६ लाख ३७ हजार ६९० संक्रमितले कोरोना जितेका छन् । हाल २७ हजार ३७५ संक्रमित आइसोलेसन र २९१ जना क्वारेन्टाइनमा छन् ।

हालसम्म नेपालमा ३५ लाख ४ हजार १९१ वटा पिसिआर र २ लाख ७८ हजार ५६९ वटा एन्टीजेन परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

 
 

प्रतिकृया दिनुहोस्