काठमाडौँ- नेपाली बजारमा सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ कायम गरिएको छ । अघिल्लो दिन उक्त सुनको मूल्य प्रतितोला ९८ हजार ८०० रुपैयाँ थियो ।
तेजाबी सुनको मूल्य बुधवार ९३ हजार ५०० रुपैयाँ कायम गरिएको छ । अघिल्लो दिन उक्त सुन ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । बुधबार चाँदीको मूल्य पनि १५ रुपैयाँले कम भएको छ । अघिल्लो दिन १ हजार १४५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य प्रतितोला १ हजार १३० रुपैयाँ कायम गरिएको छ ।