×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

मौद्रिक नीतिले ६.५ प्रतिशत आर्थिक वृद्धिकाे लक्ष्य पूरा गर्न सघाउनु पर्छ : अध्यक्ष मोर

मौद्रिक नीतिले ६.५ प्रतिशत आर्थिक वृद्धिकाे लक्ष्य पूरा गर्न सघाउनु पर्छ : अध्यक्ष मोर

नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोरले ६.५ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्यसहति सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट कार्यान्वयनमा मौद्रिक नीतिको महत्वपूर्ण भूमिका रहने बताएका छन् । कोभिड महामारीका बीच ठूलो संख्यामा रोजगारी सिर्जना गर्दै आर्थिक पुनरुत्थान गर्न सके मात्र राष्ट्र बैंकले ल्याएको मौद्रिक नीति सफल ठहरिने समेत उनले बताए ।

कोरोनाको पहिलो र दोस्रो लहर पछि तेस्रो लहरसमेत आउने अनुमान भइरहँदा महामारीका कारण अति नै प्रभावित भएका उद्योग–व्यवसायीक क्षेत्रलाई दिइने पुनर्कर्जाको सीमा बढाउनु पर्ने उनको सुझाव छ । ‘कोभिड प्रभाव कहिलेसम्म लम्बिन्छ भन्न सकिने अवस्था छैन,’ उनले भने, ‘पुनकर्जाका लागि राखिएको २० करोडको सीमामा अझ २० प्रतिशत थप गर्नुपर्छ ।’

उद्योग, निर्यात, ऊर्जा, निर्माण, पर्यटन तथा हवाई उड्डयन, कृषि, बैंक वित्त, विदेशी विनिमय जस्ता ८ ओटा क्षेत्रको सुधारका लागि मौद्रिक नीतिले के गर्नुपर्छ भन्ने विषयमा आफूहरुले विस्तृत अध्ययन गरिरहेको र लिखित सुझाव केही दिनभित्रै राष्ट्र र्बैक लगायत सम्बन्धित निकायमा बुझाउने उनले बताए ।

आफूहरुले विगतमा सरकार तथा राष्ट्र बैंकलाई दिएको सुझावलाई सकारात्मक रुपमा ग्रहण गरेर सम्बोधन गरेकोले नै कोभिड–१९ को पहिलो लहरपछि देशको अर्थतन्त्र चाँडै लयमा फर्किएको समेत बताए । परिसंघका तर्फबाट विगतमा दिइएका सुझावहरु मध्ये ६० देखि ७० प्रतिशत सुझाव वितगका मौद्रिक नीतिले सम्बोधन गरेको भन्दै राष्ट्र बैंकप्रति आभारसमेत व्यक्त गरे ।

नेपाल व्यवस्थापन संघले आयोजना गरेको मौद्रिक नीतिसम्बन्धी भर्चुअल अन्तरक्रिया कार्यक्रममा शुक्रबार उनले परिसंघका तर्फ यस्तो सुझाव तथा माग प्रस्तुत गरेका हुन् ।

 

प्रतिकृया दिनुहोस्