काठमाडौं - लोकप्रिय देउडा गायक रामप्रसाद अवस्थीको आवाजमा रहेको नयाँ देउडा गीत ‘घोगाका रोटा’सार्वजनिक गरिएको छ। शब्द तथा संगीत गायक अवस्थीकै रहेको भिडियोलाई दिलिप ओखेडले निर्देशन गरेका छन् ।
भिडियोमा निर्देशक दिलिप र मोडल सुनिता पौडेलको बेजोडको अभिनय देख्न पाइन्छ । भिडियोको सम्पादन मान रावलले गरेका हुन्। भिडियो भुमीराज मुजिक च्यानल मार्फत सार्वजनिक गरिएको छ।