×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नेता इमान्दार नहुँदा देशको ढुकुटी रित्तियो : सभापति लामिछाने

नेता इमान्दार नहुँदा देशको ढुकुटी रित्तियो : सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देशमा इमान्दार नेताहरु नहुँदा देशको ढुकुटी रित्तिएको बताउनुभएको छ । तनहुँको सदरमुकाम दमौलीमा आयोजित सभामा आइतबार लामिछानेले सो कुरा बताउनुभएको हो ।

देशमा अथाह आर्थिक सम्भावना भए पनि इमान्दार नेतृत्व नहुँदा देशले प्रगति गर्न नसकेको उहाँले बताउनुभयो । ‘कुनै पनि कालखण्डमा भएका भ्रष्टाचारलाई लुकाउनु हुँदैन, छानबिन गर्ने र इमान्दार भएर काम गरे रित्तिएको ढुकुटी भर्न सकिन्छ’ लामिछानेले भन्नुभयो ।

आफ्नो पार्टीले भ्रष्टाचारीलाई महल बनाउन नदिने उहाँको भनाइ छ । दाग नलागोस् भनेर  सांसद ढाकाकुमार श्रेष्ठलाई ७२ घण्टाभित्रै कारबाही गरिएको उहाँले दावी गर्नुभयो ।  सार्वजनिक पद धारण गरेको व्यक्ति भएकाले पैसाको बार्गेनिङ गरेको थाहा पाएपछि जिम्मेवारीबाट हटाएर अरु पार्टीलाई पनि पाठ सिकाएको उहाँले बताउनुभयो ।

रास्वपा तनहुँ–१ का उम्मेदवार डा. स्वर्णिम वाग्ले तनहुँको विकास गर्ने, राजनीतिलाई सङ्लो (सफा) बनाउने र अर्थतन्त्रलाई सुधार गर्न उम्मेदवार रहेको उहाँले दावी गर्नुभयो ।

प्रतिकृया दिनुहोस्