×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

देशभर आंशिकदेखि सामान्य बदली हुने

देशभर आंशिकदेखि सामान्य बदली हुने

काठमाडौं- हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । आज (मंगलबार) बिहान देशभर आंशिक बदली रहेकाे छ । साथै मधेश प्रदेश, बागमती प्रदेश र प्रदेश-१ का केही स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मंगलबार दिउँसो भने प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली हुनेछ । त्यस्तै, बाँकी प्रदेशमा भने आंशिक बदली हुनेभएकाे छ । त्यस्तै, प्रदेश-१, बागमती प्रदेश, गण्डकी प्रदेश र बाँकी प्रदेशहरूका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना रहेको छ ।

मंगलबार राति भने देशभर आंशिकदेखि सामान्य बदली हुनेछ । त्यस्तै, प्रदेश-१, मधेश प्रदेश, गण्डकी प्रदेश र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना भएकाे जनाएकाे छ ।

प्रतिकृया दिनुहोस्