×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

स्ववियु : त्रिवि क्याम्पसको सभापतिमा नेविसंघका जोशी विजयी,अन्य सबैमा पदमा अनेरास्ववियु

स्ववियु : त्रिवि क्याम्पसको सभापतिमा नेविसंघका जोशी विजयी,अन्य सबैमा पदमा अनेरास्ववियु

काठमाडौं - त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस, कीर्तिपुरको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा नेपाल विद्यार्थी संघ (नेविसंघ) का दीपक राज जोशी विजयी भएका छन्।

सोमबार सम्पन्न निर्वाचनमा उनले ७८९ मत प्राप्त गरी सभापतिमा निर्वाचित भए।

कुल ३,११८ मत खसेको निर्वाचनमा जोशीले अनेरास्ववियुका सिद्धान्त भट्टलाई ८ मतको झिनो अन्तरले पराजित गरे।

भट्टले ७८१ मत प्राप्त गरे। क्रान्तिकारीका प्रवीण दाहालले ७२७, स्वतन्त्र उम्मेदवार उज्ज्वल खड्काले ७१७ र अर्का स्वतन्त्र उम्मेदवार पद्मा भुसालले १६६ मत पाए।
नेविसंघले अध्यक्ष जितेपनि सचिव, कोषाध्यक्ष र सदस्यहरुमा भने अनेरास्ववियुका उम्मेदवार विजयी भएका छ।

सचिवमा हिक्मत कुमार बुढा र कोषाध्यक्षमा सञ्च माया सुब्बा निर्वाचित बनेकाहुन् ।

प्रतिकृया दिनुहोस्