×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

बलिउड/हलिउड

बलिउड अभिनेत्री रश्मीकालाई भेट्न ९०० माइलको यात्रा

बलिउड अभिनेत्री रश्मीकालाई भेट्न ९०० माइलको यात्रा

काठमाडौं: कलाकारका थुप्रै फ्यान हुन्छन् । उनीहरूले विभिन्न तरिकाले आफूले मन पराएका कलाकारलाई माया देखाइरहेका हुन्छन् ।

हालै बलिउड अभिनेत्री रश्मीका मन्दनालाई भेट्न उनका एक फ्यानले ९०० किलोमिटरको यात्रा पार गरेका छन् । उनलाई भेट्नका लागि त्रिपाठी नाम गरेका फ्यान तमिलनाडुबाट कर्नाटकको कोडागुसम्म पुगेका छन् ।

करिब ९ सय किलोमिटरको दूरी पार गर्दै उनी अभिनेत्री रश्मीकाको घरसम्म पुगेका थिए । गुगल म्यापको सहयोगमा उनी रश्मीकाको घर पुगेका थिए ।

त्यति लामो यात्रा तय गर्दा पनि उनले रश्मीकालाई भने भेट्न सकेनन् । रश्मीका मुम्बइमा अभिनेता अमिताभ बच्चनसँग फिल्म ‘गुडबाई’को छायांकनमा व्यस्त छिन् ।

रश्मीकालाई घरमा नभेटाएपछि उनी त्यहाँ निकै समय बसेका थिए । त्यसपछि स्थानीयले उनलाई प्रहरीको जिम्मा लगाइदिएको थियो । पछि प्रहरीले नै उनलाई घर फिर्ता पठाएको थियो ।

रश्मीकाले उक्त कुरा थाहा पाएपछि आफ्ना फ्यानलाई यस्ता कार्य नगर्न आग्रह गरेकी छन् ।

‘प्रिय साथी, मलाई ढिलो मात्र यो कुराको जानकारी प्राप्त भएको छ । कृपया यस्तो केही पनि काम नगर्नुहोला । तर, तपाइसँग भेट्न नपाउँदा मलाई निकै नै नरमाइलो लागेको छ । आशा छ एक दिन हाम्रो भेट अवश्य पनि हुनेछ,’ उनले ट्विटरमा लेखेकी छिन् ।

प्रतिकृया दिनुहोस्