×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

विश्व

पुटिनले जैविक तथा रासायनिक अस्त्र प्रयोग गर्न लागेको बाइडनको दाबी

पुटिनले जैविक तथा रासायनिक अस्त्र प्रयोग गर्न लागेको बाइडनको दाबी

काठमाडौँ- अमेरिकी राष्ट्रपति जो बाइडनले रुसले जैविक तथा रासायनिक अस्त्र प्रयोग गर्न सक्ने बताएका छन् । युक्रेन युद्धमा बेहोर्नुपरिरहेको चर्को प्रतिरोधका कारण रुसी नेता भ्लादिमिर पुटिनले अब त्यहाँ जैविक तथा रासायनिक अस्त्र प्रयोग गर्न सक्ने उनले बताएका हुन् । 

तयारीस्वरूप रुसले युक्रेनमा जैविक तथा रासायनिक अस्त्र रहेका जस्ता झुटा खबर फैलाएको उनको भनाई छ । विगत २६ दिनका लडाइँमा युक्रेनी सेनाको चर्को प्रतिरोध अनि पश्चिमा समुदायको एकताबद्ध प्रतिक्रियाका कारण पुटिन भित्तामा पुगेको भन्दै अब उनले झनै चर्का कारबाही गर्न सक्ने बाइडनले बताएका हुन् ।

उनले अमेरिकाले युरोपमा जैविक तथा रासायनिक अस्त्र भण्डार गरेको वा युक्रेनमा त्यस्ता अस्त्र रहेको भन्ने रुसी दाबी पूरै असत्य भएको बताए । उनले भने, ‘अमेरिकाले युरोपमा जैविक तथा रासायनिक अस्त्र भण्डार गरेको उनको दाबी बिल्कुल झुटा हो । म त्यसको ग्यारेन्टी गर्छु ।’ -बीबीसी

प्रतिकृया दिनुहोस्