×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

काठमाडौं उपत्यकाकामा हैजाको त्रास

काठमाडौं उपत्यकाकामा हैजाको त्रास

काठमाडौं- काठमाडौं उपत्यकामा हैजाको त्रास बढेको छ । अहिलेसम्म हैजाका बिरामीको संख्या १० पुगेको छ ।नैकाप र पाटनमा थप एक–एक जना हैजाका बिरामी भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ ।

पाटनमा भेटिएका बिरामीमा गरिएको आरडीटी परीक्षणको रिपोर्ट पोजेटिभ देखिएको बताइएको छ । तर, कल्चर रिपोर्ट आउन बाँकी छ । नैकापका बिरामीको भने भने कल्चर रिपोर्ट पनि पोजिटिभ देखिएको छ ।

यसअघि बागबजार, डिल्लीबजार, कपन, सानेपा, बालाजु, बल्खु र थानकोटका मानिसमा हैजा पुष्टि भइसकेको छ । संक्रमणको स्रोत पत्ता नलाग्नु वा धेरै स्थानमा हैजाका बिरामी देखा पर्नु हैजा महामारीकै रुपमा फैलनसक्ने पूर्वसंकेत भएको जनस्वास्थ्यविद्हरु बताउँछन् ।

प्रतिकृया दिनुहोस्