×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

त्रिकोणात्मक टी-ट्वान्टी क्रिकेट : नेपालको लगातार दोस्रो जित

त्रिकोणात्मक टी-ट्वान्टी क्रिकेट : नेपालको लगातार दोस्रो जित

काठमाडौँ- त्रिदेशीय टी–ट्वेन्टी शृंखलामा नेपालले मलेसियालाई ६ विकेटले हराएको छ । आफ्नो पहिलो खेलमा पीएनजीलाई हराएको नेपालले दोस्रो खेलमा पनि जित हात पारेको हो । मलेसियाले दिएको १ सय १५ रनको लक्ष्य नेपालले खेल सकिन २९ बल बाँकी छँदै मात्र ४ विकेट गुमाएर भेट्टाएको हो । नेपालको जितमा ओपनर आसिफ शेखले ५७ रन बनाए । उनले ३८ बलमा ७ चाैका र १ छक्कासहित ५७ रन बनाएका हुन् । यस्तै दिपेन्द्रसिंह ऐरीले २१ रन बनाए । आजै राष्ट्रिय टिममा डेब्यु गरेका दिलिप नाथ १५ रनमा नटआउट रहे । 

यसैबीच, दीपेन्द्रसिंह ऐरीले टी-ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालबाट सबैभन्दा धेरै रन बनाउने पारस खड्काको कीर्तिमान तोडेका छन् । मलेसियासँग २१ रन बनाएसँगै उनी टि-ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा धेरै रन बनाउने खेलाडी बनेका हुन् । उनले अहिलेसम्म ३६ खेलमा तीन अर्धशतकसहित ८०३ रन पुगेको छ । यसअघि पारसले ३३ खेलमा एक शतक र चार अर्धशतकसहित ७९९ रन बनार सबैभन्दा धेरै रन बनाउने नेपाली खेलाडीका रुपमा रहेका थिए । 

त्यसअघि कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय १४ रन बनाएको थियो । मलेसियाका जुबैद जुल्किफले सर्वाधिक ३२ र कप्तान अमाद फेइजले २४ रन बनाए । नेपालका कप्तान सन्दीप लामिछानेले र करन केसीले दुई दुई तथा अबिनास बोहरा, कुशल मल्ल र दिपेद्रसिँह ऐरीले एक विकेट लिए ।

प्रतिकृया दिनुहोस्