×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

रियल मड्रिडमाथि बार्सिलोनाको जित

रियल मड्रिडमाथि बार्सिलोनाको जित

काठमाडौं-मैत्रीपूर्ण खेलमा बार्सिलोनाले रियल मड्रिडलाई हराएको छ । प्रि–सिजन टूर अन्तर्गत मैत्रीपूर्ण खेलमा बार्सिलोनाले रियललाई ३–० ले हराएको हो ।

दुवै टोली नयाँ सिजनको तयारीका लागि यूएस टूरमा रहेका छन् ।

खेलमा अग्रता उसमान डेम्बेलेको गोलमा १५ औं मिनेटमा बार्सिलोनाले लिएको थियो ।

खेल सकिन ५ मिनेट अघि फिर्मिन लोपेज मार्टिनले बार्सिलोनाको अग्रतालाई दोब्बर बनाएका थिए । दोस्रो हाफको इन्जुरी समयमा फेरान टोरेसले गोल गर्दै बार्सिलोनालाई ३–० को शानदार जित दिलाए ।

पछिल्लो मैत्रीपूर्ण खेलमा बार्सिलोनाले लण्डन क्लब आर्सनलसँग ५–३ को हार ब्यहोरेको थियो भने रियल मड्रिडले म्यानचेस्टर युनाईटेडविरुद्ध २–० को जित दर्ता गरेको थियो ।

अगष्टमा सुरु हुने ला लिगाको नयाँ सिजन अघि भएको मैत्रीपूर्ण एल–क्लासिकोमा बार्सिलोनाले शानदार जित आत्मसाथ गरेको छ ।

प्रतिकृया दिनुहोस्