×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

पाँच बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने, ६ बजे अन्तिम नामावली प्रकाशन

पाँच बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने, ६ बजे अन्तिम नामावली प्रकाशन

काठमाडौँ- निर्वाचन आयोगले आज साँझ ५ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने जनाएको छ । आयोगको निर्वाचन कार्यतालिकाअनुसार बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारी फिर्ताको समय छ । 

आजै बेलुका ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने समय छ । भोलि उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका छ ।

स्थानीय निर्वाचनका लागि एक लाख ५३ हजार १४५ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ । निर्वाचन आयोगको पछिल्लो तथ्याङ्कअनुसार प्रमुखमा ३,५१८, उपप्रमुखमा २,१७४ जनाको मनोनयन दर्ता भएको छ ।

अध्यक्षमा ३,३९२, उपाध्यक्षमा २,४०७, वडाध्यक्षमा ३५ हजार ३८०, महिला सदस्यमा २६ हजार ५५६, दलित महिला सदस्य २३ हजार ९५१ र सदस्यमा ५५ हजार ७६७ जनाको मनोनयन दर्ता भएको छ । आयोगले १७ गते चुनाव चिह्न प्रदान गर्ने कार्यक्रम छ ।

प्रतिकृया दिनुहोस्