विराटनगर, प्रदेश १ मा दैनिक संक्रमितको दर बढ्दै जान थलेको छ । पछिल्लो समय कम हुँदै गएको भनिएको कोरोनाको संक्रमण बजारमा बढ्दो भीडसँगै बढेको हो । झापामा मात्र एकै दिन २०७७ जनामा संक्रमण देखिएको छ ।
पछिल्लो २४ घण्टामा ४५८ जना कोरोना संक्रमितमध्ये झापामा मात्र सबैभन्न्दा धेरै २०७ जनामा संक्रमण देखिएको प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार झापापछि मोरङमा १३२ जनामा संक्रमण देखिएको छ । सुनसरीमा ९५ जना‚ इलाममा ५, धनकुटामा ३, पाँचथर, संखुवासभा र उदयपुरमा २-२ जना‚ ताप्लेजुङ, भोजपुर र खोटाङमा १-१ जनामा संक्रमण देखिएको हो । प्रदेश १ बाहिरका ७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
१ हजार ६ सय १२ जनाको पीसीआर परीक्षण गर्दा २०५ महिला र २५३ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । ९ सय ९२ जनाको एन्टीजेन परीक्षण गर्दा ३२० जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या ८० हजार ११५ पुगेको छ । संक्रमित भएका मध्ये ७२ हजार ४९३ जना संक्रमणमुक्त भएका छन् । आज ४०३ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ६ हजार ११५ जना रहेको मन्त्रालयले जनाएको छ ।