×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

३८ प्रतिशत मात्रै मतगणना गर्न बाँकी रहँदा कसको अवस्था के छ ?

३८ प्रतिशत मात्रै मतगणना गर्न बाँकी रहँदा कसको अवस्था के छ ?

काठमाडौं- काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन शाह निरन्तर अगाडि बढेका छन्। मतगणना सुरु देखिनै अग्रता लिइरहेका बालेनले उक्त लयलाई कायमै राखेका छन्। उनले आफ्ना प्रतिस्पर्धीहरूसँग मतान्तर फराकिलो पार्दै गएका छन्।

हाल कांग्रेसकी सिंहले एमालेका केशव स्थापितसँगको मतान्तर बढाउँदै छन्।

यस्तो छ पछिल्लो मतपरिणामः
बालेन शाह – ४१५२२
सिर्जना सिंह – २४१८४
केशव स्थापित – २३२४६

हालसम्म १ लाख १८ हजार २५७ मतगणना भएको छ। अब ३८ प्रतिशत अर्थात ७२ हजार ९२९ मतगणना गर्न बाँकी छ।

 

प्रतिकृया दिनुहोस्