पाेखरा- एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘जहाँ नेपाली, त्यहाँ एमाले’काे अवस्था आएकाे बताएका छन् । शुक्रबार पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रमलाई सम्बाेधन गर्न पाेखरा सभागृह पुगेका ओलीले यस्ताे बताएका हुन् । ‘विश्वकाे जुनसुकै जहाँ नेपली त्यहाँ जानूस् तपाईंले यही पाउनुहुन्छ,’ ओलीले भनेका छन्, ‘नेपालीहरूले मन/मुटुबाट एमाले चाहेका छन्, कम्युनिष्ट सरकार चाहेका छन्, वामपन्थी सरकार चाहेका छन् । हामीले याे नारा दिएका छाैँ । र याे सत्य हाे ।’
ओलीले आफूले सरकार छाेडेपछि बनेकाे सरकारले विकासकाे कुरै नगरेकाे दाबी गरे, भने— ‘हामीले सरकार छाडेपछि तपाईंहरूले विकासकाे कुरा सुन्नुभाे त ? कुरा त केबल गठबन्धनकाे हुन्छ । गठबन्धन छुट्नु हुँदैन भन्छन् । रहनैपर्छ भन्छन् । विकास, समृद्धि र सुशासनकाे त कुरै छैन ।’
नेता/कार्यकर्ताहरूलाई पार्टीमा स्वागत गर्दै ओलीले एमाले खाेला नभइ नदी भएकाे बताए । ‘एमाले सधैँ आउनुस् मिलेर जाउँ भन्छ,’ ओलीले भनेका छन्, ‘किन एमाले यसाे भन्छ भन्दाखेरि देश बनाउनलाई, आफू माेटाउनलाई हाेइन । एमाले खाेला-खाेल्सी हाेइन नदी हाे । नदी कहीँ पनि एकैठाउँबाट पैदा हुँदैन । याे थाेपा-थाेपा, खाेल्सा-खाेल्सी, खाेलाहरू मिलेर नदी बन्ने हाे । एमाले यही नदी हाे ।’
यस्तै ओलीले सरकार देशकाे मालिक नभइ सेवक बन्नुपर्ने बताए । ‘सरकार देश विकासकाे माध्यम बनाेस्,’ ओलीले थपे, ‘सरकार शासककाे रूपमा हाेइन देश हाँक्ने कुरामा अगुवाइ गर्ने हाेस् । प्रशासनिक रूपमा नायक हाेस्, यस्ताे सरकार एमालेले बनाउँछ । त्याे अवसर जनताले एमालेलाई दिनुपर्छ ।’