×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

गंगा चौधरीले ‘छोडिन्’ एमाले

गंगा चौधरीले ‘छोडिन्’ एमाले

काठमाडौं- निवर्तमान सांसद तथा एमाले केन्द्रीय सदस्य गंगा चौधरीले पनि नेकपा एमाले छोडेकी छिन् । उनले यसको औपचारिक घोषणा त गरेकी छैनन् तर सोमबार विहान दाङमा एक पत्रकार सम्मेलन गर्दै उनले स्वतन्त्रबाट उम्मेदवारी दिनुको कारण बताउँदै आफू स्वतन्त्र भए पनि निर्वाचनमा होमिने दाबीलाई दोहो¥याएकी छिन् ।

निवर्तमान सांसद तथा एमाले केन्द्रीय सदस्य गंगा चौधरीले पनि नेकपा एमाले छोडेकी छिन् । उनले यसको औपचारिक घोषणा त गरेकी छैनन् तर सोमबार विहान दाङमा एक पत्रकार सम्मेलन गर्दै उनले स्वतन्त्रबाट उम्मेदवारी दिनुको कारण बताउँदै आफू स्वतन्त्र भए पनि निर्वाचनमा होमिने दाबीलाई दोहो¥याएकी छिन् ।

उनले एमालेले विदेशी दबाबमा आफूलाई प्रतिनिधिसभाको टिकट नदिएको आरोपसमेत लगाएकी छिन् । आफूले नेपाली भूमि फिर्ता ल्याउन भारतीय हस्तक्षेपबारे बारम्बार प्रश्न उठाएको बताउँदै चौधरीले एमसिसीको विरोधमा पनि संसदमा आफूले प्रभावशाली आवाज राखेको बताएकी छिन् ।

 

निवर्तमान सांसद तथा एमाले केन्द्रीय सदस्य गंगा चौधरीले पनि नेकपा एमाले छोडेकी छिन् । उनले यसको औपचारिक घोषणा त गरेकी छैनन् तर सोमबार विहान दाङमा एक पत्रकार सम्मेलन गर्दै उनले स्वतन्त्रबाट उम्मेदवारी दिनुको कारण बताउँदै आफू स्वतन्त्र भए पनि निर्वाचनमा होमिने दाबीलाई दोहो¥याएकी छिन् ।

उनले एमालेले विदेशी दबाबमा आफूलाई प्रतिनिधिसभाको टिकट नदिएको आरोपसमेत लगाएकी छिन् ।

आफूले नेपाली भूमि फिर्ता ल्याउन भारतीय हस्तक्षेपबारे बारम्बार प्रश्न उठाएको बताउँदै चौधरीले एमसिसीको विरोधमा पनि संसदमा आफूले प्रभावशाली आवाज राखेको बताएकी छिन् ।

उनले सरिता गिरिलाई संसदबाट आउट गर्न आफूले भूमिका खेलेको भन्दै एमालेले अहिले आफूलाई टिकट नदिनुमा विदेशी दबाब रहेको आरोप लगाएकी छिन् ।

उनले स्वतन्त्र उम्मेदवारी दिएपछि पार्टीले आफूलाई केन्द्रीय सदस्य पदमा रहने नरहने कुरा पार्टीले नै बुझ्नु पर्ने पनि बताएकी छिन् । उनले आफूले पार्टी छाडेको स्पष्ट त बताएकी छैनन्, तर आफू अब एमालेमा रहेको भए स्वतन्त्रबाट उम्मेदवारी नदिने तर्क गरेकी छिन् ।

नेकपा एमालेले उनको क्षेत्रमा शान्ता चौधरीलाई प्रतिनिधिसभाको टिकट दिएको छ ।

प्रतिकृया दिनुहोस्