×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नेप्से ४१ अंकले घट्यो, कारोबार भने झण्डै ५ अर्बको

नेप्से ४१ अंकले घट्यो, कारोबार भने झण्डै ५ अर्बको

काठमाडौँ- साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक दोहोरो अंकले घटेको छ । यस दिन नेप्से परिसूचक ४१.४३ अंकले घटेर २५७२.२३ बिन्दुमा ओर्लिएको छ । यस दिन ४ अर्ब ९८ करोड ९५ लाख १४ हजार ४ सय १५ रुपैयाँमा ८९ लाख २३ हजार १४ कित्ता सेयर किनबेच भएको छ ।

यस दिन १ सय ६६ कम्पनीको सेयर मूल्य घटेको छ भने २५ कम्पनीको सेयर मूल्इ बढेको छ । जीवन विकास लघुवित्त, इमर्जिङ नेपाल लिमिटेड, राष्ट्र उत्थान लघुवित्त, सानिमा जनरल इस्योरेन्स जस्ता कम्पनीको सेयर मूल्य बढेको छ ।

मल्टिपर्पस फाइनान्स कम्पनी, नारायणी डेभलपमेन्ट बैंक, नेरुडे लघुवित्त जस्ता कम्पनीको सेयर मूल्य घटेका छन् । यस दिन निर्जीवन बीमा कम्पनीबाहेक सम्पूर्ण समूहगत सूचकहरु राताम्ये भएका छन् ।

प्रतिकृया दिनुहोस्