×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

बालगायक सचिन परियारको निधन

बालगायक सचिन परियारको निधन

काठमाडौं - चर्चित बाल गायक सचिन परियारको निधन भएको छ । उनको उपचारको क्रममा काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा बिहीवार बिहान करिव १० बजे निधन भएको उनका बुवा तेजेन्द्र परियारले पुष्टि गरेका छन् ।


अघिल्लो वर्षदेखि नै स्वास्थ्य समस्याका कारण थलिएका बाल गायक परियारको कम्मर मुनिको उनको भाग राम्रोसँग चल्दैन थियो । यसअघि शल्यक्रिया गरेर तंग्रिएका सचिन आफ्नै बलमा उभिन नसक्ने अवस्थामा थिए ।

अघिल्लो वर्ष नै टेलिभिजन कार्यक्रम ‘इन्द्रेणी’ मा पुगेको समयमा पनि सचिन राम्रोसँग बोल्न सक्ने अवस्थामा थिएनन् । उक्त कार्यक्रममा छोरासहित पुगेका उनका बुबा तेजेन्द्र परियारले सचिनलाई नसामा समस्या भएको बताएका थिए । थेरापी गर्दा अझै अवस्था बिग्रिएको उनको भनाइ थियो ।

लामो समयदेखि अस्वस्थ रहेका बाल गायक परियारलाई उपचारका लागि केही दिनअघि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।

प्रतिकृया दिनुहोस्