×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

सपना समाजवादको, कर्म पूँजीवादको भयो : मन्त्री शर्मा

सपना समाजवादको, कर्म पूँजीवादको भयो : मन्त्री शर्मा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का नेता एवम् अर्थमन्त्री जनार्दन शर्माले अहिलेका राजनीतिक दलहरू समाजवादको सपना देखेर पूँजीवादतिर लम्किने गरेको बताएका छन् । शनिवार (आज) चौंरीदेउराली–काठमाडौँ सम्पर्क मञ्चको कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले भने, ‘सपना चाहिँ समाजवादको देख्ने, तर कर्म चाहिँ पूँजीवादको गर्ने चलन भयो । यसो हुनुहुन्न ।’

माओवादीको सबैभन्दा पहिलो प्राथमिकता सामाजिक न्याय भएकोसमेत शर्माले बताए । ‘हामीले टोल–टोलबाट देश बनाउने भनेका छौँ,’ शर्माले भने, ‘हामी पुनः संगठित हुने बेला भएको छ । कम्युनिष्टलाई एक बनाउने योजना भएन । अब आफैं पनि संगठित हुनुपर्यो ।’

यस्तै छुट्टै प्रसङ्गमा शर्माले सरकारले पूर्णता चाँडै पाउने बताए । ‘केही प्राविधिक समस्याहरू छन्,’ शर्माले भने, ‘समस्या समाधानको निम्ति नेताहरूले गृहकार्य गरिरहनभएकै छ । अब चाँडै सरकारले पूर्णता पाउँछ।’

प्रतिकृया दिनुहोस्