×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

थप ६५७० जना कोरोनामुक्त‚ ५१५३ मा संक्रमण, १०८ को मृत्यु

थप ६५७० जना कोरोनामुक्त‚ ५१५३ मा संक्रमण, १०८ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टायता देशभर ६ हजार ५७० जना  कोरोना संक्रमणमुक्त भएका छन् । त्यस्तै मंगलबार ५ हजार १५३ जना व्यक्ति कोरोना संक्रमित  थपिएका छन् ।

देशभरका प्रयोगशालामा १२ हजार ६५ जनाको पिसिआर र ५ हजार ६११ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत ३ हजार ८७० जना र एन्टीजेटमार्फत १ हजार २८३ जना संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर १०८ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म ८ हजार ९८ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्