×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

अस्कलले मनायो ६७ औं स्थापना दिवस

अस्कलले मनायो ६७ औं स्थापना दिवस

काठमाडौँ - अमृत क्याम्पस (अस्कल) ले आफ्नो ६७ औं स्थापना दिवस मनाएको छ। क्याम्पसमा विविध कार्यक्रम गरि वार्षिकोत्सव तथा ११ औं राष्ट्रिय विज्ञान दिवस मनाइएको हो। 

दिवसको अवसरमा विद्यार्थी तथा शिक्षकहरूलाइ विभिन्न पदकबाट सम्मान पनि गरिएको थियो। क्याम्पस प्रमुख डा.लोकबहादुर बरालको सभापतित्वमा आयोजित कार्यक्रमको प्रमुख अतिथिमा त्रिविका डीन प्राध्यापक डा.विनिल अर्याल रहेका थिए। 

अमृत साइन्स क्याम्पस नेपालको पहिलो विज्ञान क्याम्पस हो। यसको स्थापना अमृत प्रसाद प्रधानले पब्लिक साइन्स कलेजको नाममा गरेका थिए। प्रधानको सन् १९६६ जनवरी २४ मा हवाइ दुर्घटनामा निधन भएपछि उनकै नाममा विक्रम सम्बत २०२३ साल फागुनमा यो क्याम्पसको नाम अमृत साइन्स कलेज राखियो। विक्रम संवत २०३० साल देखि नेपाल सरकारको स्वामित्वमा आएपछि त्रिभुवन विश्वविद्यालयमा गाभियो र अमृत क्याम्पसमा परिणत भयो। 

सरकारले अमृत साईन्स क्याम्पको स्थापना भएको दिनको अवसर पारेर सरकारले विसं २०६९ मा निर्णय गरेर विसं २०७० देखि  राष्ट्रिय विज्ञान दिवस मनाउदै आएको छ।

प्रतिकृया दिनुहोस्