×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

स्वास्थ्य

थप २५४८ जनामा कोरोना‚ २०२९ संक्रमणमुक्त

थप २५४८ जनामा कोरोना‚ २०२९ संक्रमणमुक्त

नेपालमा आइतबार थप २ हजार ५ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ९ हजार ३३ पीसीआर परीक्षणका क्रममा २ हजार १ सय ३७ र ३ हजार ३ सय ४५ एन्टीजेन परीक्षणका क्रममा ४११ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ८३ हजार ३५५ पुगेको छ । त्यस्तै गत २४ घण्टायता कोरोनाका कारण थप ५५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण १० हजार ९३ जनाले ज्यान गुमाएका छन् ।

थप दुई हजार २९ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ६ लाख ६९ हजार २९९ संक्रमित निको भएका छन् । अहिले ३५ हजार ४८५ सक्रिय संक्रमित आइशोलेशन र ४७५ जना क्वारेन्टाइनमा छन् ।

हालसम्म नेपालमा ३६ लाख ८३ हजार ७३४ पीसीआर र ३ लाख ५७ हजार ५९५ वटा एन्टीजेन विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्