काठमाडौं - राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आफ्नो सूचना प्रणालीमा मर्मतसम्भार तथा क्षमता विस्तारको काम भइरहेकाले राष्ट्रिय परिचयपत्रसम्बन्धी विभिन्न अनलाइन सेवाहरू अस्थायी रूपमा बन्द भएको जनाएको छ ।
विभागका अनुसार, आइतबारदेखि सिस्टम मर्मतको काम सुरु भएकाले पूर्ण नभएसम्मका लागि अनलाइन सेवाहरू अवरुद्ध भएका हुन् । यसबाट देशभरका सेवाग्राहीहरू प्रभावित भएका छन् ।
यी सेवाहरू भएका छन् प्रभावित:
अफलाइन सेवा भने कायमै
विभागले अनलाइन सेवा रोकिए पनि 'अफलाइन' माध्यमबाट परिचयपत्रका लागि विवरण सङ्कलन र वितरणको काम भने नरोकिएको स्पष्ट पारेको छ । विभागले सबै सेवा इकाइहरूलाई अफलाइन माध्यमबाट सेवा प्रवाह गर्न निर्देशन दिएको छ ।
यसरी अफलाइनमा विवरण बुझाएका सेवाग्राहीहरूलाई सिस्टम पुनः सञ्चालनमा आएपछि उनीहरूको राष्ट्रिय परिचयपत्र नम्बर SMS मार्फत पठाइने विभागका सूचना अधिकारी शिवराज सेढाइँले जानकारी दिए । मर्मतको काम सकिनासाथ सम्पूर्ण सेवाहरू पुनः सुचारु हुने विभागले जनाएको छ ।