काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले बिरामी हुँदा पनि गीत रचना गरेको सुनाएका छन्। आज काठमाडौंमा आयोजित कार्यक्रममा ओलीले बिरामी भएको बेलामा पनि आफू सक्रिय हुने गरेको उनले बताए। मिर्गौला प्रत्यारोपणका लागि अस्पतालको बेडमा रहँदा पनि आफूले एउटा गीत रचना गरेको उनले सुनाए। ‘होस खुलेपछि साह्रै म भाग्यमानी रहेछु भन्ने लाग्यो र गुनगुनाएँ-
छानेर नी होइन, होइन जानीजानी
तर जन्मे नेपालमा कति भाग्यमानी।’
आफूले लेखेको यो गीत शिशिर योगीको स्वरमा रेकर्ड भएको पनि उनले बताए। ‘यो बुढो प्रोफेसर, यसकै कुरा मात्र किन सुन्ने भन्नुभयो गलत हुन्छ’ उनले भने।
युवाहरुमा नयाँ जोश, जाँगर, कार्यशैली ज्येष्ठ नागरिकको तुलनामा बढी हुने भए पनि ज्येष्ठ नागरिकको पनि कुरा सुन्नुपर्ने र उनीहरूको योगदान भुल्न नहुने बताए। उनले बालबालिका देशको भविष्यका कर्णधार भएको र युवाहरु आजका कर्णाधार भएको पनि उनले बताए।
मान्छे सधैं युवा रहन नसक्ने तर युवा जत्तिकै ऊर्जाशील रहन सक्ने पनि उनले बताए। आफू ७० वर्ष कटिसके पनि युवाहरुको जस्तै ऊर्जा भएको बताए। उनले बिरामी हुँदा पनि आफू एक्टिभ हुने उनले सुनाए।