×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

माओवादीको राष्ट्रिय सम्मेलन पौष ११ देखि १३ सम्म

माओवादीको राष्ट्रिय सम्मेलन पौष ११ देखि १३ सम्म

नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन पौष ११ देखि १३ गतेसम्म काठमाडौंमा हुने भएको छ । आज सम्पन्न केन्द्रीय समिति बैठकले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदन संशोधनसहित पारित गरेर सम्मेलनबारे निर्णय गरेको हो ।

माओवादीका प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशका अनुसार भदौबाट माओवादीको राष्ट्रिय सम्मेलनको प्रक्रिया आरम्भ हुनेछ । २०७८ साल भदौ मसान्तसम्म पार्टी सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण हुनेछ । १० असोजमा देशभर एकै दिन सेल र टोल भेला हुनेछ ।

२० असोजमा वडा सम्मेलन हुनेछ ।

३० असोजमा गाउँपालिका र नगरपालिकाको सम्मेलनको मिति तय भएको छ ।

१५ मंसिरमा प्रदेश सम्मेलन तोकिएको छ ।

११ देखि १३ पौषमा राष्ट्रिय सम्मेलनको मिति तोकिएको छ ।

माओवादीले संघीयता अनुसार सम्मेलनको आयोजना तोकेको हो ।

यसैगरी, प्रचण्डको राजनीतिक प्रतिवेदनमा गठबन्धन चुनावसम्म गर्ने विषय समावेश छ । प्रतिगमनको खतरा अझै रहेकाले गठबन्धन बलियो बनाउनुपर्नेमा जोड दिइएको छ ।

प्रतिकृया दिनुहोस्