×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

विप्लवले दिए बम उठ्ने चेतावनी

विप्लवले दिए बम उठ्ने चेतावनी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले गलत ढंगले शासन गर्न खोजे बम उठ्ने चेतावनी दिएका छन् । विद्रोह गर्नका लागि बम दिमाग बनाउनु पर्ने बताउँदै विप्लवले गलत ढंगले शासन गर्न खोजियो भने पहिलो आवाज उठ्ने, त्यो सुनिएन भने झण्डा उठ्ने र त्यो गर्दा पनि नभए बम उठ्ने बताएका हुन् ।

शनिबार बनेपामा पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै उनले गणतन्त्र नामको शासन मात्रै भएको र नेपाली जनताले हुकुमी शासन भोग्नु परेको बताए ।

‘अहिले राणा त छैनन् । तर, नेपाली जनताले हुकुमी शासन भोग्नु परेको छ । अब फेरि विद्रोह गर्नुपर्छ । हामी अलमलिनु हुँदैन ।’ ‘गणतन्त्र नामको शासन छ । तर, नेपाली जनतामा कुनै परिवर्तन छैन । मजदुरहरुले भनेको तलब पाएका छैनन् ।’ उनले भने ।

वर्तमान सत्ताले जनताको प्रतिनिधित्व नगरेको उनले बताए। विप्लवले भने, ‘यो सत्ताले जनताको आवाज सुनेको छैन। नेपालका युवाहरुलाई अरबको मरुभूमिमा फसाइन्छ। नेपालका युवाहरुले विदेशका गल्लिमा दासत्वको जीवन विताउनुपर्ने बाध्यकारी स्थिति छ।’

विप्लवले एमाले,काग्रेंसका नेताहरुले मेनपावर चलाएर युवाहरुलाई विदेश पठाएको बताए। उनले भने, ‘हामी स्वतन्त्र चाहन्छौं । कथित लोकतन्त्रमा नेपालका युवाहरु बेचिनुपरेको छ । यसका विरुद्ध उत्रिन जरुरी छ ।’

उनले कोरोनाका कारण जनतालाई कार्यक्रममार्फत तीन बुँदे के हो बुझाउन खोजेपनि नसकिएको स्पष्ट पारे । उनले सरकारले इमान्दारीपूर्वक सम्झौता कार्यान्वयन गर्नुपर्ने धारणा राखे ।

प्रतिकृया दिनुहोस्