×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

हाम्रो सरकार ढाल्नेसँग गठबन्धन गर्दैनौँ ईश्वर : पोखरेल

हाम्रो सरकार ढाल्नेसँग गठबन्धन गर्दैनौँ ईश्वर : पोखरेल

काठमाडौँ- नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी विभाजन गरेर हुँदा खाँदाको सरकार ढाल्ने शक्तिसँग गठबन्धनको सम्भावना नरहेको बताएका छन् । चितवनको भरतपुरमा बिहान पत्रकारहरूसँग कुराकानी गर्दै पोखरेलले यस्तो बताएका हुन् । 

एमालेसँग गठबन्धनका लागि छलफल शुरु भएको नेकपा माओवादी केन्द्रका नेताहरूको भनाइ झुटो रहेको उनको दाबी छ । ‘एमाले नेतृत्वमा भएको कम्युनिस्ट सरकार ढालेर कांग्रेस नेतृत्वमा भयो, अब फेरि उनीहरूसँगै गठबन्धन हुन्छ भन्ने कुरै हुँदैन,’ उनले भने, ‘नेकपा एमाले कुनै गठबन्धनको पक्षमा छैन एकदम प्रष्ट हुनुस् ।’

पोखरेलले प्रधानमन्त्रीले भारत भ्रमणमा गएर चुच्चे नक्सालाई बुच्चे बनाएर फर्किएको टिप्पणी गरे । ‘स्वाभिमानी मुलुकको प्रधानमन्त्रीको हिसाबले गरिएको भ्रमणमा उहाँले जसरी आफूलाई प्रस्तुत गर्नुपर्दथ्यो सक्नुभएन, चुच्चे नक्साको विषयमा कुरा पनि उठाइएन,’ उनले भने, ‘यो भ्रमणको उपलब्धि बनारस दर्शन गर्नुभन्दा बढी म देख्दिनँ ।’

प्रतिकृया दिनुहोस्