×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

गण्डकीलाई मुख्यमन्त्री कप भलिबल उपाधि

गण्डकीलाई मुख्यमन्त्री कप भलिबल उपाधि

काठमाडौं- कोशी प्रदेश प्रथम मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेशले जितेको छ । झापाको दमकमा शनिबार साँझ सम्पन्न अन्तिम फाइनल खेलमा गण्डकीले आयोजक कोशी प्रदेशलाई ३–० को सोझो सेटमा हरायो । फाइनल खेलमा गण्डकीले २५–१९, २५–२०, २५–१० को नजिता निकालेको हो ।

उपाधिसँगै गण्डकीले तीन लाख र उपविजेता कोशीले दुई लाख रुपियाँ पुरस्कार पायो । प्रतियोगितामा गण्डकी, कोशी, मधेस, सुदूरपश्चिम र लुम्बिनी प्रदेशको सहभागिता रहेको थियो । भलिबल खेलको विकासका लागि पहिलो पटक कोशी प्रदेश खेलकुद विकास बोर्डले मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता आयोजना गरेको हो । 

 

प्रतिकृया दिनुहोस्