×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

ढाल्न, फाल्न वा पाल्न सक्ने तागत जनतासँग मात्रै छ : रास्वपा सभापति लामिछाने

ढाल्न, फाल्न वा पाल्न सक्ने तागत जनतासँग मात्रै छ : रास्वपा सभापति लामिछाने

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रबि लामिछानेले जनता नै सर्वोपरि भएको बताएका छन् । शनिबार बेलुका सामाजिक सञ्जालमार्फत उनले यस्तो सन्देश दिएका हुन् ।

आफ्नो विरोध गर्ने व्यक्तिहरूलक्षित उनले फेसबुकमा एउटा स्ट्याटस पोस्ट गरेका छन् । ढाल्न, पाल्न सक्ने तागत जनतासँग मात्र भएको उनले त्यसमा उल्लेख गरेका छन् ।


कपिलवस्तु भन्दै पोस्ट गरिएको राजनीतिक सभासहितको तस्बिरसँगै उनले जनताबाहेक अरूले केही गर्न नसक्ने जनाएका छन् ।

“ढाल्न, फाल्न वा पाल्न सक्ने तागत जनतासँग मात्रै छ । जनताबाहेकका  अरू ‘जो कसैले’ रहर गरेर हुन्न... सक्दैनन्...,” उनले फेसबुकमा लेखेका छन्, “धन्यवाद, कपिलवस्तु ।”

प्रतिकृया दिनुहोस्