काठमाडौं - नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँ बागमती प्रदेश संसदीय दलको नेतामा निर्वाचित भएका छन्।
बुधबार हेटौँडामा भएको निर्वाचनमा उनले मुख्यमन्त्री बहादुरसिंह लामालाई ८ मतको अन्तरले पराजित गरेका हुन्।
कूल ३७ प्रदेशसभा सदस्यमध्ये बानियाँले २२ मत र मुख्यमन्त्री लामाले १४ मत प्राप्त गरे, भने एक मत बदर भएको थियो। यो जितसँगै बानियाँले डेढ वर्षअघि लामासँग व्यहोरेको हारको बदला लिएका छन्।
यसअघि मंगलबार बसेको दलको बैठकले मुख्यमन्त्री लामाविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव बहुमतले पारित गरेको थियो।