काठमाडौं- हाँस्य टेलीफिल्म ‘तीतो(सत्य’ मा राज बनेर अभिनय गरेका राज आचार्यले अभिनेत्री सुनिशा बजगाईंसँग विवाह गरेका छन् ।
टेली फिल्ममा दीपक राज गिरी र दीपाश्री निरौलाको छोरा बनेर लामो समय अभिनय गरेका राजले सुनिशासँग आज विवाह गरेका हुन् । एक वर्षदेखिको प्रेम सम्बन्धलाई उनीहरूले बिहेमा परिणत गरेका हुन् ।
रातोपुलस्थित शिवम् पार्टी प्यालेसमा उनीहरूले परम्पराअनुसार विवाह गरेका हुन् । परिवार र निकट आफन्तको उपस्थितिमा अहिले विवाह समारोह भइरहेको छ । सुनिशाले अघिल्लो मंगलबार मात्र फोटो राख्दै विवाहका लागि स्वीकृति दिएको सङ्केत दिएकी थिइन् ।