काठमाडौं - कलाकार दुर्गेश थापा र भ्लगर सिसन बानियाँले चर्चित ‘गुराँस नानी’सँग मिलेर ‘जाने भए जाम माया’ गीत सार्वजनिक गरेका छन्। केही दिनदेखि सामाजिक सञ्जालमा भाइरल बनेका तस्बिरहरूको रहस्य अन्ततः यही भिडियोले खोलेको हो।
दुर्गेशकै शब्द, संगीत र संयोजनमा तयार गीतमा सिसन र अल्हाजी गेरोले पनि स्वर दिएका छन्। सामाजिक सञ्जालमा प्रायः ट्रोलको सिकार बन्ने गुराँस नानीको यो नयाँ अवतार र सिसनसँगको केमेस्ट्रीले दर्शकको ध्यान खिचेको छ।
शिव बि.क.ले निर्देशन गरेको भिडियोले युट्युबमा तहल्का मच्चाउने पक्का छ।