×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

किशोरीका वकिलले निवेदन दिएपछि सन्दीपविरुद्धको मुद्दामा अन्तिम सुनुवाइ रोकियो

किशोरीका वकिलले निवेदन दिएपछि सन्दीपविरुद्धको मुद्दामा अन्तिम सुनुवाइ रोकियो

काठमाडौं- सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दामा आज सुनुवाइ नहुने भएको छ। अन्तिम सुनुवाइका लागि जिल्ला न्यायाधीश नारायणप्रसाद दाहालको इजलासमा पेशी तोकिएको थियो।

तर जाहेरवाला किशोरीका वकिलले पेशी सार्न निवेदन दिएका हुन्। सन्दीपलाई प्रहरीले असोज २० गते पक्राउ गरेको थियो। जिल्ला अदालत काठमाडौँले कात्तिक १८ गते पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।

तर जिल्लाको आदेश बदर गर्दै उच्च अदालतले सन्दीपलाई २० लाख नगद धरौटीमा रिहा गर्न आदेश दिएको छ। उच्चको आदेशसँगै ९९ दिनपछि उनी थुनामुक्त भएका थिए।

प्रतिकृया दिनुहोस्