×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

संघीयताप्रति वितृष्णा जाग्यो जनताले विकल्प खोजे

संघीयताप्रति वितृष्णा जाग्यो जनताले विकल्प खोजे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताले संघीयताको विकल्प खोज्न थालेको बताएका छन् । सोमबार आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले जनताले संघीयताको विकल्प खोज्न थालेको बताएका हुन् । 

संघीयताले काम गरेन भनेर जनताले विकल्प खोज्न थालेको बताएका प्रधानमन्त्री ओलीले भने, ‘जनताले संघीयताले काम गरेन भन्न थालेका छन् । मन्त्रीले भनेका छन् । सांसदले भनेका छन् । कुदेका छन् । कागज बोकेको छ । अपवित्र गठबन्धन गरेर प्रदेशका सरकार हटाउने खेल चलाइएको छ । यस्तो दृष्यले जनताले संघीयता नहुने रहेछ भन्न थालेका छन् ।’

नेताहरुको कार्यशैलीले जनतामा संघीयताप्रति वितृष्णा बढेको बताएका उनले भने, ‘विकास नहुने, जनताको पक्षमा कुनै काम नहुने अनि द्वैष फैलाउने घृणा फैलाउने काम हुन थालेको छ ।’

एकअर्काे प्रसङ्गमा प्रधानमन्त्री तथा एमालेका अध्यक्ष ओलीले आफूले पार्टीलाई एकताबद्ध गरेर लैजाने खोजेको भए पनि उल्टै आफूमाथि कारबाही गरेको नाटक गरेको टिप्पणी गरे । 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति कटाक्ष गर्दै ओलीले भने, ‘आफूले पार्टी एक गरेर लैजान खोजेको, भष्माशूरलाई वरदान दिएझै मेरै टाउकोमा हात राख्न खोज्ने । मलाई नै पार्टीबाट हटाए । पार्टी अध्यक्ष, दलको नेता र सदस्यबाटै निष्काशन गरे । तमासा देखाइएको छ, केटाकेटीलाई दशैं आएझै भएको छ ।’

प्रतिकृया दिनुहोस्